धनगढी । राष्ट्रिय युवा संघको सचिवमा अरुण कुँवर विजयी भएका छन् । राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट सुदुरपश्चिमका कुँवर सचिवमा विजयी भएका हुन् । सुमन पुरी टिमबाट एक मात्र पदाधिकारी कुँवर सचीवमा विजयी भएका हुन् ।
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका थिए । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका हुन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । महाधिवेशनमा पदाधिकारी र सदस्यमा समेत गरेर ३९९ जनाको उम्मेदवारी परेको थियो ।
पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् । थेबे टिमबाट २ उपाध्यक्ष, महासचिव, उपमहासचिव र ३ जना सचीवमा विजयी भएका छन्, भने पुरी टिमबाट सचिवमा अरुण कुँवर विजयी भएका हुन् ।













