धनगढी । कञ्चनपुरका एकजना पुरुष उखुबारीमा मृत अवस्थामा फेला परेका छन् ।
मंगलवार जिल्लाको बेलौरी नगरपालिका-१ बैशाखी बस्ने २९ वर्षीय गोपाल लुहार मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
लुहार घरबाट अन्दाजी ५०० मिटर टाढा आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













