धनगढी । कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका–२ बस्ने ३० वर्षीय रमेश शाही रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत कैलालीको फैसलाले हात हतियार खरखजना तथा अपराधिक लाभ मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएका शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाइएको छ ।















