महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका–१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट करिब १ सय ५६ किलो ५५ ग्राम अवैध लागुऔषध गाँजासहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।















