अछाम । अछाममा भालुले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा रामारोशन ५ पातल बस्ने रतन बहादुर रोकाया रहेका छन् ।
आज बिहान घर देखी २०० मिटरको दुरिमा रहेको झालेखेत स्थानमा सिंचाई गर्न जाने क्रममा जंगली जनावर भालुले आक्रमण गरि उनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एबं डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।
३० बर्षिया रोकाया घाइते भई उपचारको लागि स्थानिय स्वास्थ्य चौकीमा लगिएको टाउको, दुबै हात,पेटमा सामान्य चोट लागेको उनले बताए । अबस्था सामान्य रहेको र उपचार पश्चात डिस्चार्ज भई घर गइसकेको उनले बताए ।













