अछाम । अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा अछाम मंगलसैन ४ ढल्के बस्ने निर्मला शाह रहेकी छन् । आज ९ बजेको समयमा घर नजिकै रहेको सिसयाको रुखमा घाँस काट्ने क्रममा घाँसको हांगा बिद्युतको तारमा पर्न जाँदा करेन्ट लागेर उनी घाईते भईकी हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले भने घाईते अबस्थामा उनलाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याई उपचार भई रहेको छ ।
उनको दाहिने हातको पन्जा र दाहिने खुट्टाको पञ्जामा चोट लागेको उनले बताए । उनको अवस्था भने मध्यम रहेको डिएसपी भण्डारीले जानकारी दिए ।















