धनगढी । नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रानालाई बिहीबार काठमाडौँमा पार्टी प्रवेश गराएका माओवादी केन्द्रका नेता ओमबिक्रम भाटले जानकारी दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रानाले आजै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका थिए । गत निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ बा प्रतिनिधि सभा सदस्यका उम्मेद्धार थिए ।













