धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । आज साँझ ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।
प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यद्दपी नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी रहेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रमलाई प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी गरेको जनाइएको छ ।















