धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल र वडा नं ८ कान्तीपुर टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.२ लाख १ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका रेनकोट, पाउडर, जुत्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।















