धनगढी । कैलालीबाट प्रहरीले अफिम सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका –४ का ३८ वर्षीय मेघराज खत्री र जाजरकोट बारेकोट गाउँपालिका – ३ का ३२ वर्षीय भक्त बहादुर शाही रहेका छन् ।
प्रहरीकाअनुसार लम्कीचुहा नगरपालिका –३ चिसापानीमा रहको प्याराडाईज होटलको कोठामा शङ्कास्पद रूपमा दुई जना व्यक्तिहरू बसिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १ किलो ७०६ ग्राम अफिम (लागु औषध) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













