धनगढी । कैलालीमा धनगढी माहौर वैश्य सेवा समाज गठन भएको छ । माहौर वैश्य सेवा समाजको भेलाले मुकेशकुमार गुप्ताको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा ज्ञानेन्द्र गुप्ता,महासचिवमा राकेश गुप्ता,सचिवमा अमित गुप्ता र कोषाध्यक्षमा महेन्द्र गुप्ता चयन भएका छन् ।
त्यस्तै,सदस्यहरुमा शिवम गुप्ता,रामनिवाश गुप्ता,राजेन्द्र गुप्ता र रामजिमल गुप्ता चयन भएको जनाइएको छ ।
विभिन्न व्यवसाय तथा पेशाहरुमा आवद्ध आफ्ना समाजका सदस्यहरुलाई संगठित गर्ने उदेश्यले सेवा समाज गठन गरिएको अध्यक्ष मुकेशकुमार गुप्ताले बताए ।
उनले भने ‘हामीले नि:स्वार्थ भावनाले समाज सेवा गर्ने उदेश्यले समाजको गठन गरेका हौं । यो कुनै नाफा कमाउन होइन । यसलाई नेपालको प्रचलित कानुन अनुसार दर्ता गर्छौं ।’
समितिको प्रथम समाजिक सेवा अन्तर्गत गंगा दशहराको अवसरमा समितिका सदस्यहरुको सामूहिक सहयोगमा जेठ २२ धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर परिसरमा विशाल भण्डाराको आयोजना गर्ने अध्यक्ष गुप्ताले जानकारी दिए ।
मेलामा आउने भक्तजनलाई भण्डारामा बिहान १० बजेदेखि बेलुकासम्म प्रशाद वितरण गरिने उनले बताए ।
भण्डाराको करिब रु. २ लाख ५० हजार लागत अनुमान गरिएको उनले बताए ।













