काठमाडौँ । यातायात व्यवसायीहरूले भोलि (बुधबार) देखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलिदेखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाउनले बताएको हो ।
ुसार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति अध्यक्ष विजय बहादुर स्वारद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडि बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ ।
सङ्घीय सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपर्न आग्रह समेत गरिएको छ । यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक सवारी साधन घर, ग्यारेजमा थन्काएर गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोध गरिरहेका छन् ।














