धनगढी । कञ्चनपुरमा चोरी मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–४ बस्ने ३१ वर्षीय सुभिक सुनुवार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरको २६ पुस २०८१ को फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद सजाय तोकिएपछि फरार रहेका सुनुवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाइएको छ ।













