धनगढी । कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क स्थित सडक खण्डमा सोही ठाउँ बस्ने ३६ वर्षीय कमल प्रसाद बजगाई लागुऔषधसहित पक्राउ परेका हुन्।
बजगाईलाई २ ग्राम ३२० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













