धनगढी । अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बगुडाठाँटी, अछामबाट खटिएको प्रहरी टोलीले मेल्लेख गाउँपालिका–२ डाँडाश्री पाटन बस्ने ६८ वर्षको मनेबहादुर धामीको घर गोठमा खानतलासी गर्दा गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १, सोही बन्दुकमा प्रयोग हुने केप १ थान र सोही ठाउँका ४९ वर्षीय लालसिहं धामीको गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला फेला पारी दुबै जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त हतियार र छालासहित दुवै जनालाई नियन्त्रणमा लिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।













