धनगढी । । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी हुदा लाखौको क्षति भएको अनुमान गरिएको छ । नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।
घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ४ः५५ बजे तिर ग्यास सिलिन्डर पड्किएपछि सुरु भएको आगलागीले २० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
क्षतिको विस्तृत विवरण भने शानिबार सम्म आउने जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी इकवालहवारीले निशाना न्युजलाई
जानकारी दिए ।
सबै पिडामा छन् अहिले विवरण संकलन गर्न कठिन भएको उनले बताए । आगो नियन्त्रणमा आईसकेको उनले बताए । प्रहरी निरीक्षक देव बहादुर चौधरीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको ३२ जनाको टोली घटनास्थलमा परिचालित भएको थियो ।
आँगोस्थानीय बासिन्दा, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिएको उनले बताए ।













