धनगढी । कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–७ खरौलास्थित जैगड राइस मिलको पछाडि पट्टिको सुख्खा नालामा सोही ठाउँ बस्ने ६५ वर्षकी चन्द्रादेवी भुल आइतबार मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













