धनगढी । अछाममा जबरजस्तीकरणी मुद्दाका फरार एक जना प्रकाउ परेका छन्।
पक्राउ पर्नेमा अछाम तुर्माखाँद गाउँपालिका–१ रहफ बस्ने २० वर्षीय मनबिर शाही रहेका छन् । शाहि जबरजस्तीकरणी कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका थिए।
उनलाइ सोमवार प्रहरीचौकि रहफ अछामबाट सहायक निरिक्षक उत्तम सिंह कार्कीको कमाण्डमा खटिगएको टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।













