कैलाली । कैलाली जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । धनगढी ३ सिसा पोष्ट , सहिद गेट नजिक,र टीकापुर ९ बालुवाटार स्थित सडक खण्डबाट प्रहरीले सो सामान बरामद गरेको हो ।
भन्सार छलि गरि ल्याएका रु.६६,४४० बराबरको चक्लेट, सुर्ती, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा
मातहत कार्यालयबाट खटिगएको प्रहरी गस्ती टोलीले सामान बरामद गरेको प्रहरीले जनाएको छ ।













