डोटी । डोटीको बडीकेदार गाउँपालिका–३ जैसीबाजमा करेन्ट लागेर सात बाख्रा मरेका छन् । बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासी करेन्ट प्रवाह हुँदा सात वटा बाख्रा मरेका हुन् ।
करेन्ट लागेर स्थानीय भीम बहादुर साउद र भगिराम साउँदका सात वटा बाख्रा मरेको स्थानीयले जनाएका छन् । वर्षाको समयमा बिद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए ।















