धनगढी । सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको शीर्ष १२ मा पुगेका छन।
डोटीको दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल सिजन-६ को १२ औँ स्थानमा पुगेका हुन्। उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन्।
सुमधुर स्वर र साङ्गीतिक निखारताले भरिपूर्ण निरजलाई अब नेपाल आइडलका अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ।
उनका बुवा प्रतापका अनुसार शनिबार राति साढे ९ बजेदेखि हुने अनलाइन भोटिङ मङ्गलबार दिउँसो २ बजेसम्म रहेको छ।
छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न प्रतापले आग्रह गरेका छन् । सानैदेखि गायन क्षेत्रमा लागेका निरजको उमेर १८ वर्ष मात्र भएको छ।
उनी सुदूरपश्चिमका सहित सबै भाकामा पोख्त छन्। नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ ।
उनको भोटिङ कोड एनआइ ०९ रहेको छ । एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एन्सेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ ।













