• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

  •   मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

सुदूरपश्चिम । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ । व्यवस्थित एवं आकर्षक सहरको रुपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजना अन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्चसम्मको सडक, मालपोत सडक, मुख्यबजार कैलाली पुलदेखि ट्राफिक चौराहाको सडक, डिभोटी होटेलदेखि दाहाल टोलको सडक स्तरोन्नति पूरा भएको छ।

सडकको दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार लगाइएको छ। यसै आयोजनाअन्तर्गत धनगढी उपमहागरपालिका–७ पटेला क्षेत्रमा रु एक अर्ब २५ करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना निर्माण अघि बढेको छ।

धनगढी उपमहानगर क्षेत्रबाहेक कैलालीको अत्तरिया र कञ्चनपुरको झलारीपिपलाडी र महेन्द्रनगर ९भीमदत्तनगर० नगरपालिकामा पनि सडक स्तरोेन्नति, सार्वजनिक भवन निर्माण, ढलनिकास, फोहरमैला व्यवस्थापनलगायत काम भइरहेका छन्।

सङ्घीय सहरी विकास तथा भवन कार्यालय धनगढीमार्फत आयोजना कार्यान्वयन भइरहेको छ। पञ्चवर्षीय यो आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनाबीच सम्झौता भएको थियो। प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक स्तरोन्नति भइरहेको छ।

सहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र धनगढी उपमहानगरपालिकाको संयुक्त पहलमा विभिन्न सडकखण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’, ‘हाइमास्ट लाइट’, ‘फ्लड लाइट’ र ‘स्ट्रिपलाइट’ जडान गरिएको छ। सडक बत्ती जडानसँगै ‘उज्यालो धनगढी’ बनेको छ।

फूलका बोटबिरुवासहितको हरियाली, सडक दायाँबायाँ फुटपाथ निर्माण र जडान भएका रङ्गीविरङ्गी बत्तीले राति झिलिमिली हुने गरेको छ। झिलिमिली बत्तीमा साँझपख टिकटक बनाउने र तस्बिर लिनेको समूह भेटिन थालेका छन्।

‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरका सबै वडामा बत्ती जडान गरिने उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताउनुभयो। सघन सहरी विकास कार्यक्रमअन्तर्गत बेहडी र तारानगरको सडक स्तरोन्नति भइरहेको छ भने धनगढी गाउँदेखि बेली गाउँसम्मको सडकका साथै हसनपुरको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ। पार्क मोडमा ‘सपिङ कम्प्लेक्स’ निर्माण भइरहेको छ।

त्यसैगरी मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४।२ किलोमिटर लामो सडक स्तरोन्नति पूरा भएको छ। मोहनापुलदेखि गेटा खण्डसम्म ‘छ लेन’, गेटादेखि मनोहरा पुलसम्म ‘चार लेन’ र मनोहरा पुल देखि अत्तरिया चोकसम्म ‘आठ लेन’ सडक निर्माण एवं स्तरोन्नति पूरा भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ।

“सडक स्तरोन्नति एवं निर्माण लागत रु एक अर्ब ७८ करोड रहेको छ”, कार्यालयका इञ्जिनियर सन्तोष चन्दले भने “निर्माणाधीन मनोहरा खोला र मोहना नदीमाथि पुलका लागि बजेट अभाव भएको छ।”

सडकखण्डको बीच भागमा बनाइएको ‘मिडियन’मा फूलका बोटबिरुवा रोपिएको छ। सडकका दायाँबायाँ दुई मिटर चौडा ‘फुटपाथ’ निर्माण गरिएको छ। विसं २०७७ मा निर्माण सम्झौता भएको सडक कूल रु एक अर्ब ७६ करोडको लागतमा निर्माण पूरा भएको हो। अयोजनाअन्तर्गत गेटा खण्डको मनहरा खोला र धनगढीको मोहना नदीमाथिको पुल निर्माणाधीन छ।

विनायोजना सहरका रुपमा विकास हुँदै गएको धनगढीमा बर्सेनि ठूलो सङ्ख्यामा घर संरचना निर्माण भइरहेसँगै सामान्य वर्षा हुँदा जम्ने पानीको उचित निकासको व्यवस्था नहुँदा नगरवासीले डुबानको समस्या भोग्दै आएका छन्।

उपमहानगर क्षेत्रमा खुटिया नदी र मोहना नदीको कटानको समस्या छ। उपमहानगरपालिकाले एक वर्षदेखि सहरी क्षेत्रमा दैनिक जम्मा हुने फोहरमैलाको निजी क्षेत्रमार्फत व्यवस्थापन गरिरहेको छ। सहरी क्षेत्रमा विकास पूर्वाधार जुटिरहे पनि ग्रामीण क्षेत्रका कतिपय वडाका बासिन्दा अझै उचित सडक, स्वच्छ खानेपानीजस्ता आधारभूत सुविधावाट वञ्चित छन्।

उपलब्ध साधनस्रोतबाट उपमहानगरपालिका कार्यालयमार्फत हुने गरेका कतिपय विकास निर्माणका काम शक्ति र पहुँचवालाको वडामा मात्रै केन्द्रित गर्ने गरिएकाले विकासको प्रतिफल पाउन नसकिएको गुनासो नगरवासीको छ।

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई केही वर्षअघि साविकको बेलादेवीपुर, फूलबारी र उर्मा गाविसका साथै गेटा गाविसका केही वडालाई समेत समेटेर उपमहानगरपालिका बनाइएको थियो। स्थानीयवासी यज्ञराज भट्टले सडक स्तरोन्नतिसँगै बल्ने झिलिमिली बत्तीले धनगढीको स्वरुपनै फेरिएको बताए। उनले भने “धनगढी अब पहिलेको जस्तो कुरुप एवं फोहोर सहर रहेन।”

धनगढीलाई सुन्दर र हराभरा सहर बनाउन उपमहानगरपालिका कार्यालयले ‘हरियाली धनगढी अभियान’अन्तर्गत सार्वजनिक सडक तथा स्थानमा वृक्षरोपण गर्दै आएको छ।रासस

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.