काठमाडौं । महोत्तरी, पिपरा गाउँपालिका-३ शिव चोकस्थित सडकमा जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बा.प्र.०६-००५ प ६४३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ७३ वर्षीया शिवो देवीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जनता अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनमा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, परोहा नगरपालिका-७ नरकटिया बंकुलस्थित सडकमा बा. ५२ प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय करण पसावानको घटनास्थलमै मुत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















