कञ्चनपुर । शुक्लाफाँटा नगरपालका-१ तल्लो चौराहस्थित सडकमा बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ख ९२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ गणेशपुर बस्ने ५५ वर्षीया द्रोपती भट्टको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













