कैलाली । नेपाल पत्रकार महासंघ कैलालीले छतमाथी लगाएका जस्तापाता (टिन)का प्वालहरु टालेको छ ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको सक्रियतामा आज जस्तापाता (टिन)का प्वाल टालेको हो ।
विगत लामो समयदेखि पत्रकार महासंघ कैलाली शाखाको भवन माथी लगाएका जस्तापाता (टिन)मा प्वाल परेर पानी पर्दा चुहिने समस्या थियो । जसका कारण पानी परेको बेला चुहिएर कोठा पानीले भरिने गरेको थियो ।

महासंघले भाडामा दिएका कोठा पानीले भरिदा काम गर्न समस्या भएको गुनासोपछि अध्यक्ष देउवाले आफ्नै पहलमा छतमाथि चढेर प्वालहरु टालेको हो ।
पत्रकार महासंघ कैलालीका अध्यक्ष देउवा,सचिव तेजराज भट्ट,वरिष्ट सदस्य कैलाश जोशीले छतमै चढेर दिउँसो १२ वजेको घामको प्रवाह नगरी जस्तापाता (टिन)का प्वाल एमसेलले टालेको सह सचिव शंकर बोहराले जानकारी दिए ।













