कैलाली । कञ्चनपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललित राज जोशी रहेको प्रहरीले जनाएको छ । शुक्रबार कञ्चनपुरको बेदकोट १० त्रिपुरा मन्दीर नजिक पश्चिम बाट पुर्व तर्फ आउदै गरेको चालक शुक्लाफाटा १० बस्ने बर्ष ३८ को जोशीले चलाएको लु.प्र. ०३-००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
उनी घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।















