धनगढी । अछाममा हावाहुरीले पिपलको रुखढल्दा ३ जनाको घरमा क्षेती पुगेको छ । आज पौने ८ बजेको समयमा अछाम मेल्लेख गाउपालिका वडा नं. ५ तौलेना बस्ने झंकर बोहराको घर नजिकै रहेको पिपलको रुख हावाहुरिले ढल्दा ३ जनाको घरमा क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए । पिपलको रुख ढल्न जांदा घरमा क्षति भएको, तर मानबिय तथा चौपायामा कुनै क्षेती नभएको उनले बताए ।
पिपलको रुखढल्दा अछाम मेल्लेख ५ तौलेना बस्ने झंकर बोहराको २ तले ४ कोठे ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको कच्चि घरको छाना भत्केको र घरमा रहेका ७ जनाको परिवार नजिकै रहेको गिरिराज बोहराको घरमा बसेको उनले बताए ।
राज गिरी बोहराको ३ तले ६ कोठे ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको कच्चि घरको धुरिमा सामान्य क्षति भएको ५ जना परिवारआफ्नै घरमा बसेको उनले बताए ।
त्यस्तै बिजय बोहराको २ तले ४ कोठे ढुङ्गा माटोले बनेको पत्थरले छाएको कच्चि घरको धुरिमा सामान्य क्षति भएको ५ जनाको परिवार आफ्नै घरमा बसेको उनले जानकारी दिए ।













