कैलाली । घोडाघोडी नगरपालिका-९ शिखरझाला बस्ने दिल बहादुर चौधरीको छोरा १४ वर्षीय आर्यन चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भइको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













