• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

प्रतिनिधिसभाको विशेष समयमा तारा लामा तामाङ आफ्नो धारणा राख्दै

  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित

सम्माननीय सभामुखज्यू,
मेरो जिल्ला कञ्चनपुर को कृष्णपुर नगरपालिका–१ निगालीमा २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको बेला सर्पले डसेर हिजो शनिवार राती ८ बजे उपचारको क्रममा सेती प्रदेशिक अस्पताल धनगढीमा मृत्यु भएको खबर अत्यन्तै दुःखद र पीडादायी छ।मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना र अत्यन्त गरिवीको समस्या झेलीरहेको परिवार कि मृतक हालै रोजगारी स्थल भारतबाट घर आउनु भएको थियो श्रीमान पुरन दमाई भारतमा रहेका र छोराहरु आयुष दमाई १५बर्ष,आशिष दमाई १२ बर्ष र आदित्य दमाई ५ बर्षका छन र मृतकको परिवारलाई राहत तथा आर्थिक सहयताको लागि अनुरोध छ । २१औँ शताब्दीको नेपाल कञ्चनपुरमा त यस्तो छ भने अछाम, बाजुरा, डोटी र बझाङ लगाथत पहाडी जिल्लाहरूको केहि स्थानहरु र केहि समुदायहरुमा यो प्रथा अझै गम्भीर रूपमा विद्यमान छ। जहाँ महिनावारी भएका महिलाहरूलाई आज पनि गोठ, खुला छाप्रोमा जनावरसँगै, भय र अपमानको वातावरणमा, विच्छी, फट्यांग्राजस्ता जन्तुहरूको डरमा मात्र होइन, कहिलेकाहीँ मानव हिंसाको पनि शिकार बन्नुपरेको छ। यो केवल सामाजिक प्रश्न होइन, मानव अधिकारको पनि गम्भीर उल्लंघन हो। म सरकारसँग अनुरोध गर्न चाहन्छु — छाउपडी उन्मूलनका लागि अझ प्रभावकारी सचेतनामूलक कार्यक्रम, स्थानीय सरकार र समुदायमा समन्वयमा छाउप्रथा सम्बन्धी भएको कानून पूर्णरुपमा लागु गरी सबै मिलेर यो कुरितिको अन्त गरौं र हाम्रो संविधानमा प्रत्याभूत गरिएका स्त्री–पुरुष समानता र सम्मानजनक जीवनको अधिकारलाई व्यवहारमा उतार्न आवश्यक कार्य गर्न गराउँन ध्यानाकर्षण चाहन्छु ।

र
सम्माननीय सभामुखज्यू, !
म आजको विशेष समयमा संसदको गरिमा, सांसदहरूको जिम्मेवारी, र जनताको विश्वाससँग प्रत्यक्ष जोडिएका केही संवेदनशील पक्षहरूबारे आफ्नो धारणा राख्न चाहन्छु।

हामी यहाँ कुनै व्यक्तिगत हैसियतले होइन, जनताको प्रतिनिधिका रूपमा उपस्थित भएका हौं। संसदको मञ्चमा बोलेका हाम्रा प्रत्येक शब्दले केवल तत्कालीन सन्दर्भ निर्माण गर्दैन, त्यो भावी पुस्ताका लागि अभिलेख बन्छ — इतिहास बनाउँछ। त्यसैले हरेक अभिव्यक्तिमा गम्भीरता, संयमता र जवाफदेहिता अत्यावश्यक हुन्छ ।

आज हामी जुन सदनमा बसेका छौं, यसलाई केवल राष्ट्रभित्रका जनताले होइन, अन्तर्राष्ट्रिय समुदायले समेत चासोपूर्वक नियालिरहेको हुन्छ। यस्तो मञ्चमा प्रयोग गरिएका शब्दहरू नापजोख बिना सार्वजनिक हुँदा, ती शब्दहरूले संसदको गरिमा मात्र होइन, राष्ट्रको शिरसमेत झुकाउने खतरा पैदा गर्छ।

दुख्खकासाथ भन्नुपर्छ, पछिल्लो समय संसदभित्र कतिपय अभिव्यक्तिहरू यस्ता देखिएका छन् — जसले गर्दा कतिपय सचेत बर्गले ,हामी केहि सांसदको अभिव्यक्तिको कारण, कहि कतै संसदमा केहि सांसदलाई झुटा शिक्षक(False Teacher)को रुपमा चित्रित गर्दै त छैन या तेस्ता झुटा शिक्षक False teacher हरु पैदा गर्ने वा झुटा शिक्षक False Teacher हरुलाई प्रोत्साहित त गरिरहेको छैन आत्मपरीक्षण आवश्यक छ। अध्यात्मिक मान्यतामा कहि हामी झुटा भविष्यवक्ता (False Prophet), भ्रमकारी(Deceiver), दानवरुपीको सन्तान(Child of Devil) तथा विकृत सत्यको प्रचारक(Twister of Truth) को तर्फ त कहि प्ररित भैरहेको त छैन । हिजोआज संसारभरमा नै Facebook ,Youtube,TikTok,आम सञ्चार लगायत सामाजिक सञ्जालमा गलत जानकारी (Misinformation), भ्रमपूर्ण सुचना (Disinformation) र घृणायुक्त अभिव्यक्ति (Hate Speech) सधै दिईरहने केहि तप्काको बिषयहरु आइरहदा सामान्य जनमानस भ्रमित भैरहेको छ नै , आमसचेत वर्गमा समेत यसले ठुलो असर पारिरहेका छन ।जसले गर्दा धेरै ठुला ठुला समस्याहरु आएको छन कहिले काहिँ जातिय,क्षेत्रिय धार्मिक अहिष्णुतालाई बढवा दिई रहेको छ । समाज समाज र राष्ट् राष्ट्र बीच नै द्धन्द्ध निम्ताईरहेका छन र भैरहेका छन । यस्ता भ्रमयुक्त कुराहरुलाई आधार मानेर बोल्ने प्रतिकृया दिने र जान अनजानमा हाम्रो संसदमा छिर्याउने कार्य अत्यन्त दुख्खद हो । जानी जानी क्षणिक आफू र आफ्नो दलको फाइदा हुन्छ कि भनेर बोलिएका बिषयबस्तु र गरिएका व्यवहारले तत्समयका लागि केहि फाइदा होला “गए झटारो आए आप” होला । कर्तालाई पनि फाईदा होला यसले निकट भविष्यमा कर्ता , आफै र दल पनि शिकार हुनेछ विचार गरौं । हामी सत्यको पछाडि छौ एकदिन स्थापित हुने नै छ भन्ने हाम्रो आफ्नोपन झल्काउने भनाईलाई आत्मसात गरौं ।

त्यसैले म आग्रह गर्न चाहन्छु — संसदको पवित्र मञ्चमा बोलेका हाम्रा शब्दहरू जनताका पीडा सुन्न, समस्याको समाधान दिन, र लोकतन्त्रप्रतिको विश्वास बलियो बनाउने माध्यम बन्नुपर्छ — विभाजन, अपमान र भ्रम सिर्जना गर्ने कारण होइन।

हामीले यतिखेर गम्भीर आत्ममूल्यांकन गर्नुपर्ने अवस्था आएको छ। हल्ला, अपुष्ट जानकारी, व्यक्तिगत रिसइवी, आफ्नो क्षणिक समय सामाजिक सञ्जालमा छाउन वा क्षणिक राजनीतिक लाभको आकांक्षाले निर्देशित अभिव्यक्तिहरू जब संसदभित्र आउँछ , तब त्यसको असर केवल यहाँभित्र सीमित रहँदैन — त्यसले न्यायपालिका, संवैधानिक अंगहरू र समग्र प्रणालीप्रति जनविश्वास डगमग्याउने खतरा उत्पन्न गर्छ।

अहिले देखिएको चिन्ता यो हो — विचाराधीन मुद्दाहरूमा संसदबाट अनौपचारिक टिप्पणी हुने क्रमले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई चोट पुर्‍याइरहेको छ। संसद स्वयं कानुनी मर्यादाको सर्वोच्च प्रतिक हो — त्यसैले संविधान र कानुनको प्रक्रिया चलिरहेका विषयमा बोल्दा, हामी झनै संवेदनशील र संयमित हुनुपर्छ।

हामीले यही उद्देश्यले संसद नियमावली बनाएका हौं — जुन केवल कानुनी औपचारिकता होइन, आचरण र अनुशासनको मेरुदण्ड हो। यसले हामीलाई संयमित, तथ्यमा आधारित र मर्यादित रहन मार्गदर्शन गर्छ।

म सभामुखज्यूसँग आग्रह गर्न चाहन्छु — संसदभित्र गरिने असंयमित, तथ्यहीन र अपमानजनक अभिव्यक्तिहरूप्रति नियमावलीअनुसार आवश्यक र स्पष्ट कार्यवाही होस्। संसदको मर्यादा जोगाउनु सभामुखज्यूको जिम्मेवारी हो भने, त्यसलाई अझ मजबुत बनाउनु हामी सबै सांसदहरूको साझा दायित्व हो।

म सम्मानीय सभामुख ज्यू मार्फत माननीय सदस्यज्यूहरू र सरकारसंग अनुरोध गर्दछु ।
संसदमा सांसदले बोलेको हरेक जनसरोकारका बिषयमा सरकार अझ सम्वेदनशिलताका साथ सफल कार्यन्वयनमा जोड दिन सुझाव दिन्छु ।
आउनुस् —

“संसदलाई विवादको थलो होइन — समाधानको मञ्च हो”
✊ लोकतन्त्रलाई बलियो बनाउने यो आवाज आजको यथार्थ हो।

“झुटो भाषणले होइन, सत्य र संयमताले संसदको शिर उँचो हुन्छ !”
📜 संसदको गरिमा जोगाउन साँचो आत्मपरीक्षण जरुरी छ।

“अभिव्यक्ति यस्तो होस् — जसले सम्भावनाको ढोका खोलोस्, घृणाको होइन।”
🌱 शब्दहरू युद्धको कारण होइन, विश्वासको पुल बनून्।

“संसदले जब बोल्छ — जनताको पीडाको आवाज बनोस्, राजनीतिक सौदा होइन।”
🎤 जनताका प्रश्नहरू संसदभित्र उत्तर खोज्नुपर्छ, प्रचार होइन।

“संसदलाई श्रद्धाको केन्द्र बनाउन, सांसद संयमित, तथ्यपूर्ण र जिम्मेवार बनुन्।”
🌍 नेपालभित्र स्थायित्व र बाहिर छवि — संसदकै व्यवहारमा भर पर्छ।
अन्ततः,
संसदको बलियो उपस्थिति भनेको राष्ट्रको बलियो भविष्य हो —
र त्यसको जग हामी सबैको विवेक, व्यवहार र बौद्धिक जिम्मेवारीमा निर्भर गर्छ।

साथै अहिले बर्षायमको कारण मेरो जिल्ला कञ्चनपुरको दोदा चौधर महाकाली नदी लगायत देशका अन्य नदीहरुमा आउने बाढीको कारण र पहिरो को कारण पार्न सक्ने जनधनको क्षति न्यूनिकरणको लागि सरकार उच्च सतर्कताका साथ कदम चाल्न अनुरोध छ ।

धन्यवाद।

आइतबार, असार २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.