कञ्चनपुर । आगलागीबाट ४ लाखको सामान जलेको नष्ट भएको छ । कञ्चनपुरको भिमदत्त ६ ऐठपुर बस्ने किस्न अवस्थिको दुई तले जास्ताले बनेको गाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा सो मुल्य बराबरको सामान जलेर नष्ट भएको हो ।
गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामानहरु जलेरको, प्रहरीले जनाएको छ । मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।













