धनगढी । कैलालीमा विभिन्न मुद्दाका तीनजना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धी मुद्दामा चार महिना कैद र रु ३ हजार ३३३ जरिवाना तोकिएका गोदावरी नगरपालिका–७ बस्ने १९ वर्षीय निसान्त रानासहित एकजना किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सोमबार दुबै जनालाई धनगढी उपमहानगरपालिका–७ मनेहराबाट पक्राउ गरेको हो ।
यसैगरी कैलाली अदालतकै फैसलाले वन मुद्धामा १८ हजार ४४० जरिवाना तोकिएका जानकी गाँउपालिका–८ पहाडीपुर बस्ने ३० वर्षीय जितु चौधरी पक्राउ परेका छन्। चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको जनाइएको छ।













