धनगढी । कैलालीमा लागुऔषध (खैरो हेरोइन) सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका–८ बस्ने ३१ वर्षीय उमेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले चौधरीलाई धनगढी उपमहानगरपालिका–३ भन्सार एरिया चेकजाँच गर्ने क्रममा ९ ग्राम ३५० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।













