काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको पद तथा गोपनीयताको शपथ ग्रहण आज बेलुका ६ बजे हुने भएको छ ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिउँसो ३ बजेकाका लागि समय तय गरेको थियो । तर, प्रधानमन्त्रीको कार्य व्यस्तताले ३ घण्टा समय पर सारिएको बताइएको छ ।













