धनगढी । जेन जी आन्दोलनका क्रममा शाहदत प्राप्त युवाको सम्झनामा धनगढी उपमहानगरपालिकाले सोमबार ९२०७९ भदौ २४ गते० एक दिनका लागि शोक विदा दिने घोषणा गरेको छ।
नगर प्रमुख गोपाल हमालद्वारा जारी गरिएको विज्ञप्तिमा उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघ–संस्थामा शोक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।
भदौ २२ गते आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपमहानगरपालिकाले शोक व्यक्त गर्दै आज बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले प्रकाशित गरेको सूचनामा शाहदत प्राप्त युवाको सम्मान गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख छ।















