धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार प्रसारका लागि नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले क्षेत्र नम्बर ४ मा नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य नवीन रावललाई संयोजकका रूपमा खटाएको छ ।
शनिवार बसेको कार्य समिति बैंठकबाट नेपाली कांग्रेसका उम्मेद्वारलाई अत्याधिक बहुमतबाट विजय गराउन कैलाली क्षेत्र नम्बर ४ मा चुनाव प्रचारप्रसार परिचालन समित गठन गरि रावललाई संयोजकको जिम्मेवारीमा खटाएको हो ।
रावल संयोजक रहेको समितिले आफ्नो क्षेत्रमा श्रमिक, ट्रेड युनियनकर्मीहरुको उपस्थितिमा भेला अन्तरक्रिया गरी चुनाव प्रचार प्रसारलाई सक्रिय बनाउने जिल्ला अध्यक्ष सुरत स्वाँरले जानकारी दिए ।













