धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।
आइतबार जिल्लाको भीमदत्त नगरपालिका–११, भुजेला क्षेत्रबाट अन्दाजी रु २ लाख २ हजार ४० बराबरका हार्डवेयर, किराना लगायतका सामान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको जनाएको छ।
प्रहरीले बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जनाएको छ ।













