• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

कैलाली–५ का माओवादी उम्मेदवार सिंहले गरे प्रतिबद्धता सार्वजनिक

  •   सोमबार, माघ २६, २०८२ मा प्रकाशित

धनगढी, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार बबरजंग सिंहले सोमबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
उनले सुशासन, विकास र जनमुखी सेवाको एजेन्डासहित आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका
छन् ।

उनले मुलुक अहिले भ्रष्टाचार, कमिसनखोरी, तस्करी र राजनीतिक अस्थिरताबाट थलिएको बताउँदै निर्वाचनलाई व्यवस्था सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । “जनताले अब पुरानो शैलीको राजनीति होइन, परिणाम दिने नेतृत्व खोजिरहेका छन्,” उनले भने, “सुशासन र स्थिर सरकारमार्फत जनताको विश्वास जित्नेछु ।

उम्मेदवार सिंहले भ्रष्टाचार अन्त्यलाई पहिलो प्राथमिकता दिँदै शून्य–सहनशीलता नीति लागू गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् । स्वास्थ्य क्षेत्रमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ६०० शैयासम्म विस्तार गरी एमबीबीएस अध्ययन सञ्चालन गर्ने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने योजना अघि सारेका छन् । गेटा विमानस्थललाई क्षेत्रीय अन्तरप्रदेशीय विमानस्थलका रूपमा विकास गर्ने पहलसमेत उनले गर्ने बताए ।

खेलकुद र पर्यटन प्रवद्र्धनमा पनि उनले जोड दिएका छन् । फाप्ला क्रिकेट रंगशालालाई पाँच वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको बनाइ क्रिकेटलाई व्यवसायिक बनाउने, जोखर ताल, शिवपुरी धाम र बेहडाबाबा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

युवालाई लक्षित गर्दै प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार, स्टार्टअप र उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जनामा विशेष कार्यक्रम ल्याइने बताए । कृषिमा आधुनिक प्रविधि, सिंचाइ, मल–बीउ र बजार व्यवस्थापनमार्फत किसानको आम्दानी बढाउने, भूमिहीन तथा सुकुम्बासी समस्या वैज्ञानिक भूमि व्यवस्थापनबाट समाधान गर्ने उनको योजना छ ।

सहरी विकासतर्फ योजनाबद्ध बस्ती निर्माण, सडक, पुल, खानेपानी र विद्युत् विस्तार, डिजिटल सेवा घरदैलोमै पु¥याउने तथा आधारभूत सरकारी सेवा प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ । लागूऔषध दुरुपयोग नियन्त्रण, महिला सशक्तिकरण, ज्येष्ठ नागरिकमैत्री पार्क निर्माण तथा सामाजिक सुरक्षामा पहुँचविहीन समुदायलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले दोहो¥याएका
छन् ।

सहकारी, लघुवित्त र मिटरब्याज पीडितका समस्या समाधान गर्दै दोषीलाई कानुनी कारबाही गरिने, स्थानीय उद्योग र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धि बढाइने तथा विकास योजनामा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने उनले बताए । धनगढी बजार क्षेत्रमा रहेको आयल निगम डिपोलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने पहलसमेत गर्ने उनको भनाइ
छ ।

  • कैलाली–५ का माओवादी
सोमबार, माघ २६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.