धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं ३ का उम्मेदवार वीरमान चौधरीले साधारण जीवनशैलीसहित घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारका क्रममा चौधरी गाउँघरमै स्थानीयसँगै बसेर साधारण खाना खाँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।
घरदैलो अभियानका क्रममा किसान, मजदुर, युवा,महिलालगायतसँग भेटघाट गर्दै रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र विकासका मुद्दामा छलफल गरिरहेको उनले बताए ।
उनले परिवर्तन, सुशासन र जनमुखी विकास आफ्नो प्राथमिकतामा रहेको बताए ।
उनले आफू निर्वाचित भए जनताको विश्वासलाई कामबाट प्रमाणित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।













