धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार वीरमान चौधरीले निर्वाचन लक्षित घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
अभियानअन्तर्गत उनले विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव संकलन गरिरहेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा चौधरीले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी र कृषि क्षेत्रका समस्याबारे चासो दिँदै समाधानका लागि प्रतिवद्धता जनाएका छन ।
स्थानीयहरुले विकास,सिंचाइ,तटबन्ध,युवालाई रोजगारी सिर्जनालगायतका माग राख्ने गरेका छन ।

उम्मेदवार चौधरीले आफू जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रूपमा समस्या बुझ्दै समाधानका लागि प्रतिबद्ध रहेको बताए। “जनताका आवश्यकता र अपेक्षा बुझेरै योजना बनाउनेछु। यस क्षेत्रको समग्र विकास नै मेरो मुख्य लक्ष्य हो,” उनले भने।
उनले आफ्नो निर्वाचन क्षेत्रका ठूला योजना प्राथमिकतामा राखेर काम गर्ने बताए । आसन्न फागुन २१ गतेको निर्वाचनका लागि कैलाली क्षेत्र नं ३ मा उम्मेदवार रहेका छन ।
















