धनगढी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने गौरीफन्टा नाकामा पेस्तोलमा प्रयोग गरिने १० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार साँझ भारत–नेपाल सीमा क्षेत्रको गौरिफन्टा चेकपोस्टमा सीमा सुरक्षा बल ९एसएसबी० ले एक्स–रे ब्यागेज मेसिनमार्फत आवतजावत गर्ने यात्रुहरूको नियमित जाँच गर्ने क्रममा पेस्तोलको गोलीसहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका ३९ वर्षीय नरेश कुमार रहेको भारतीय एसएसबीले जनाएको छ । कुमारलाई नेपालबाट भारत जाने क्रममा पक्राउ गरिएको हो ।
बरामद गरिएका १० राउन्ड गोली ३२ बोर पेस्तोलमा प्रयोग हुने रहेका छन् । पक्राउ परेका व्यक्तिले आफूसँग उक्त पेस्तोल लाइसेन्ससहित भएको दाबी गरेका छन् । उनलाई कारवाहीका लागि गौरीफन्टा प्रहरीको जिम्मा लगाइएको छ ।













