धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बीरमान चौधरी यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।
उनले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् भने जनताका सुझाव,सल्लाह र समस्या संकलन गरिरहेका छन ।

घरदैलोका क्रममा बोल्दै चौधरीले निर्वाचन क्षेत्रको समग्र विकास तथा जनताका आधारभूत आवश्यकता पूरा गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।
चौधरीले विगतमा आफूले सकेसम्मका विकासका काम गरेको दाबी गरे । “पहिले जति सके काम गरेको छु, अहिले पनि काम नै मेरो प्राथमिकता छ” उनले भने।
उनले पूर्वाधार विकासका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइने बताए।
चौधरीले शिक्षा, स्वास्थ्य,रोजगारी,खानेपानी तथा सडक पूर्वाधारलगायतलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।
उनले यस क्षेत्रमा नदी कटान तथा डुवानको समस्या रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरी कैलाली क्षेत्र नं ३ बाट प्रतिस्पर्धामा उत्रिएका छन ।













