कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी १९ फुलवारी बस्ने बर्ष २० को बिमल
चौधरीको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो ।
कैलारी ६ बेनौली स्थित विजुलीको पोलमा ट्रान्सफरमर राख्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनलाई उपचारको लागी सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













