• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

उज्यालो नेपाल पार्टीका उम्मेद्वार चन्द्र साउँदद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

  •   शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र साउँदले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन् ।
उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका साउँदले पार्टीका नेतृत्वकर्ता कुलमान घिसिङको नेतृत्वमा आफू जनताको मुद्दा लिएर मैदानमा उत्रिएको बताए ।

उनले सुदूरपश्चिममा दशकौंदेखि जटिल सामाजिक–आर्थिक समस्याका रूपमा रहेका मुद्दाहरू समाधान गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहने बताए । विशेष गरी कमैया प्रथा प्रभावित परिवार, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पुनस्र्थापना, बेरोजगार युवाको रोजगारी र सुशासन स्थापनालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
साउँदले कैलाली र कञ्चनपुरका ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्दै आएका हजारौं परिवारको समस्या दीर्घकालीन नीति निर्माणमार्फत समाधान गर्ने प्रतिबद्धता जनाए ।
उनले विगतदेखि नै कमैया प्रथाको अवशेष अन्त्य तथा पुनस्र्थापनाका लागि पहल गर्दै आएको दाबी गरेका छन् । “भूमिहीन नागरिकलाई अधिकारसहितको बसोबास दिलाउनु राज्यको दायित्व हो,” उनले भने ।

उम्मेदवार साउदले आफू उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय रहँदै आएकोले कालोबजारी, भ्रष्टाचार र माफियाविरुद्धको अभियानलाई सदन र सडक दुवैबाट सशक्त बनाउने बताए ।
सबै नागरिकले स्वस्थ खानेकुरा, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको संवैधानिक अधिकार उपभोग गर्न पाउनुपर्ने उनको जोड छ । उनले स्वच्छ प्रतिस्पर्धा र सुशासनयुक्त समाज निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राखेको बताएका छन् ।

साउँदले धनगढी विमानस्थललाई स्तरोन्नति गरी राष्ट्रिय हबका रूपमा विकास गर्न पहल गन, हवाई भाडादरको असमानता घटाउन सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यस्तै, शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रकै गौरवको ऐतिहासिक विश्वविद्यालयका रूपमा स्थापित गर्न पहल गर्ने तथा सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गराउने उनले बताएका छन् ।

उच्च अदालत धनगढीमै कायम राखी डोटीमा उच्च अदालतको इकाई स्थापना गर्न आफूले पहल गर्ने पनि उनले उल्लेख गरेका छन् । पूर्वाधार विकासअन्तर्गत सडक, पुल, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बजेट विनियोजन गराउन सम्बन्धित निकायमा पहल गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
साउदको प्रतिबद्धता–पत्रमा युवालाई प्राथमिकता दिइएको छ । उनले पाँच वर्षभित्र कृषि, सूचना प्रविधि, वन, जलस्रोत, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १२ हजार बेरोजगार युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरेका छन् । सुदूरपश्चिममा स्मार्ट आईटी व्यवसायको प्रवद्र्धन गरी सामाजिक सञ्जाल र इन्टरनेटलाई आयआर्जनको माध्यम बनाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ ।

प्रदेशस्तरीय सीप तथा रोजगार भवन स्थापना गरी युवालाई तालिम र रोजगारीसँग जोड्ने योजना पनि उनले अघि सारेका छन् । साथै, राष्ट्रिय स्तरको औषधि उद्योग स्थापना गरी रोजगारी सृजना र औषधिमा आत्मनिर्भरता बढाउने उनको लक्ष्य छ ।

साउदले साना व्यवसाय प्रवद्र्धनका लागि ५० लाख रुपैयाँभन्दा कम लगानीका व्यवसायलाई ५० प्रतिशत सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई दबाब दिने बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई जनतासँग प्रत्यक्ष जोड्ने नीतिगत सुधार आवश्यक रहेको उनको धारणा छ ।

सहकारी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठनको पहल गर्ने र पीडितको रकम फिर्ता गराउने प्रतिबद्धता पनि उनले जनाएका छन्। सहकारी संस्थाको क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।

प्रतिबद्धता–पत्रमा सनातन हिन्दु धर्मसम्बन्धी प्रदेशस्तरीय पुस्तकालय स्थापना गर्ने उल्लेख छ । सांस्कृतिक पहिचान र धार्मिक अध्ययन–अनुसन्धानलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो पहल आवश्यक रहेको उनले बताएका छन् ।

  • उज्यालो नेपाल पार्टीका
शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.