कैलाली । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।
यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।
महाशिवरात्रिको अवसरमा कैलाली स्थित धनगढीको शिबपुरीधाममा दर्शन गर्ने साधुसन्तहरुको चहलपहल बढेको छ ।

















