धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संगठन विभागको सदस्यमा कांग्रेसका नेता नारायण बराल मनोनीत भएका छन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलायरले साेमवार बराललाई विभागिय सदस्यमा मनाेनीत गरेका हुन् । संगठन विभाग संयाेजकमा पदमबहादुर शाही रहेका छन् ।













