सल्यान । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेशकुमार मल्ल विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन् ।













