बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् ।
उनले २२ हजार १ सय ३४ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका छन् । नेकपाका परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याएका छन् ।













