धनगढी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा पराजित भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आले मतदाताको वडामै पुगेर धन्यवाद ज्ञापन गर्न थालेका छन ।
निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगेर मतदाताले आफूलाई दिएको साथ र समर्थनप्रति कृतज्ञता व्यक्त गर्न थालेका हुन । पूर्वमन्त्री समेत रहेका आलेले निर्वाचनमा पराजय भोगे पनि जनताकै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।
उनले निर्वाचनमा हारजित स्वभाविक भएको बताउँदै जनताको सेवामा आफू निरन्तर समर्मित रहने बताए । उनले निर्वाचनमा सहयोग गर्ने नेता,कार्यकर्ता,सुभेच्छुक,समर्थक तथा मतदातालाई धन्यवादसहित आभार व्यक्त गरेका छन ।
मंगलबारबाट विभिन्न वडामा गएर मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरेका आलेको आज पनि विभिन्न वडाहरुमा गएर मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको जनाइएको छ ।















