धनगढी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।
उनले बुधबार सार्वजनिक गरेको निर्वाचन खर्च विवरण अनुसार रु २१ लाख खर्च भएको छ । निर्वाचन क्षेत्र वडा कार्यालय सञ्चालनमा ४ लाख २० हजार,प्रचारप्रसार सामग्री व्यानर आदिमा ४ लाख,सावरी साधान/इन्धन खर्चमा ४ लाख,मतदाता प्रशिक्षण खाजा खर्चमा २ लाख १० हजार खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै,समाजिक सञ्जाल तथा सञ्चारमा १ लाख ५० हजार,गोष्ठि भेलामा १ लाख ५० हजार,नमूना मतपत्र छपाइमा १ लाख १० हजार,स्टेशनरी लगायत अन्य खर्चमा ८० हजार,मनोनयन दर्तामा १० हजार र विविध शीर्षकमा १ लाख ७० हजार खर्च भएको विवरणमा उल्लेख छ ।


















