धनगढी । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ३ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार वीरमान चौधरीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
उनले बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।
चौधरीले सार्वजनिक गरेको निर्वाचन खर्च विवरणमा रु १६ लाख १० हजार खर्च भएको उल्लेख छ । सवारी साधान/इन्धन खर्चमा ३ लाख ५० हजार,निर्वाचन परिचालन समितिका कार्यालय सञ्चालनमा ३ लाख १० हजार,प्रचारप्रसार सामग्री व्यानर आदिमा ३ लाख ४० हजार र मतदाता शिक्षा खाजा खर्चमा १ लाख ५० हजार खर्च भएको विवरणमा उल्लेख छ ।
त्यस्तै, गोष्ठि भेलामा १ लाख,नमूना मतपत्र छपाइमा १ लाख,सामाजिक सञ्जाल तथा सञ्चारमा ९० हजार,स्टेशनरी लगायत अन्य खर्चमा ५० हजार,मनोनयन दर्तामा १० हजार र विविध शीर्षकमा १ लाख १० हजार खर्च भएको चौधरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


















